दमक, झापा। रास्वपा दमक नगर समितिको आयोजनामा वि.सं. २०८३ सालको बडादसैँ, तिहार, छठ, नेपाल संवत् लगायतका पर्वहरूको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ।
दमकमा आयोजित विशेष कार्यक्रममा झापा क्षेत्र नम्बर ३ का माननीय सांसद प्रकाश पाठक, झापा क्षेत्र नम्बर ४ का माननीय सांसद शम्भु ढकाल तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) कोशी प्रदेशका उपसभापति राजन दाहाललगायतको उपस्थिति रहेको थियो।
कार्यक्रममा उपस्थित व्यक्तित्वहरूले नेपाली समाजका विभिन्न चाडपर्वले आपसी सद्भाव, सामाजिक एकता, भाइचारा र सहिष्णुता अभिवृद्धि गर्न महत्वपूर्ण भूमिका खेल्ने धारणा व्यक्त गरेका थिए।
कार्यक्रममार्फत सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा दसैँ, तिहार, छठ र नेपाल संवत् लगायतका पर्वहरूको सुख, शान्ति, समृद्धि र उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गरिएको छ।




