कमल, झापा। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) कमल गाउँपालिका समितिको आयोजनामा पार्टीका माननीय सांसद तथा अधिवक्ता यज्ञमणि नेउपानेसँग विशेष भेटघाट तथा छलफल कार्यक्रम सम्पन्न भएको छ।
कार्यक्रममा कोशी प्रदेशका प्रवक्ता प्रकाश प्रसाईलगायत पार्टीका नेता तथा कार्यकर्ताहरूको उपस्थिति रहेको थियो।
भेटघाट तथा छलफलका क्रममा पार्टी संगठनलाई थप सुदृढ बनाउने, आपसी सहकार्य अभिवृद्धि गर्ने तथा जनताको भावना र अपेक्षाअनुसार अघि बढ्ने विषयमा छलफल भएको आयोजकले जनाएको छ।
कार्यक्रमले पार्टीभित्र आपसी समन्वय, सहकार्य र संगठन विस्तारका लागि थप ऊर्जा तथा प्रेरणा प्रदान गरेको कमल गाउँपालिका समिति सभापति केदार चापागाईले विश्वास व्यक्त गर्नुभयो।
सभापति चापागाईले कार्यक्रममा उपस्थित सांसद नेउपाने, प्रदेश प्रवक्ता प्रसाईलगायत सम्पूर्ण महानुभावहरूप्रति आभार व्यक्त गर्दै सुशासन, पारदर्शिता र समृद्ध समाज निर्माणको अभियानलाई निरन्तर अघि बढाउने प्रतिबद्धता जनाउनुभयो।
राष्ट्रिय स्वतन्त्र पार्टी, कमल गाउँपालिका समिति, झापाले जनताको भावना र आवश्यकतालाई प्राथमिकतामा राख्दै संगठन सुदृढीकरण तथा जनमुखी कार्यमा निरन्तर सक्रिय रहने जनाएको छ।




