काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) सिजन–३ को उद्घाटन खेलमा लुम्बिनी लायन्सले टस जितेको छ। कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुने खेलमा लुम्बिनीले साविकको उपविजेता सुदूरपश्चिम रोयल्सको सामना गर्दैछ।

दुवै टोली प्रतियोगिताको पहिलो खेल जित्दै सुखद सुरुवात गर्ने लक्ष्यसहित मैदानमा उत्रिएका छन्। उद्घाटन खेल सोमबार साँझ ५ बजे सुरु हुने तालिका छ।