माननीय गृहमन्त्री सुधन गुरुङज्यू बिमस्टेक ९द्यक्ष्ःक्त्भ्ऋ० गृहमन्त्रीस्तरीय प्रथम बैठकमा सहभागी हुन आज भारत प्रस्थान गर्नुभएको छ।
उक्त बैठकमा क्षेत्रीय सुरक्षा, अन्तरदेशीय अपराध नियन्त्रण, साइबर सुरक्षा तथा विपद् व्यवस्थापनमा सदस्य राष्ट्रहरूबीच सहकार्यलाई थप सुदृढ बनाउने विषयमा छलफल हुनेछ।
क्षेत्रीय शान्ति, सुरक्षा र साझा चुनौतीहरूको समाधानका लागि यस बैठकले महत्वपूर्ण योगदान पुर्याउने अपेक्षा गरिएको छ।
