राष्ट्रिय स्वतन्त्र पार्टीको “हामी आउँदैछौँ” कार्यक्रमअन्तर्गत आज झापा क्षेत्र नं। ५ अन्तर्गत कमल गाउँपालिकामा माननीय सांसद अशोक कुमार चौधरीज्यूको उपस्थितिमा विशेष बैठक तथा छलफल सम्पन्न भएको छ।
बैठकमा प्रदेश उप(सभापति होमराज दाहाल, जिल्ला उप(सभापति पुष्प ढकाल लगायत पार्टीका विभिन्न तहका नेतृत्व, पालिका तथा वडा समितिका पदाधिकारीहरूको उपस्थिति रहेको थियो।
बैठकमा विशेषगरी पार्टी संगठन निर्माण तथा विस्तारको अवस्था, आगामी स्थानीय तथा प्रदेश निर्वाचनको तयारी, जनताका गुनासा तथा समस्याहरू लगायतका विषयमा विस्तृत छलफल गरिएको थियो। साथै सरकारले हालसम्म गरेका कामहरूको समीक्षा गर्दै यस क्षेत्रमा नागरिकहरूले भोग्नुपरेका समस्याका विषयमा पनि सहभागीहरूले आ–आफ्नो धारणा राख्नुभएको थियो।
माननीय सांसद अशोक कुमार चौधरीज्यूले जनताका गुनासो र समस्याहरू जस्ताका तस्तै पाटी , संसद तथा सरकारसम्म पुर्याउने प्रतिबद्धता व्यक्त गर्नुभयो।
त्यसैगरी, प्रदेश उपसभापति होमराज दाहालज्यूले संगठनलाई थप मजबुत बनाउँदै जनताको सेवामा सक्रिय हुन र आगामी स्थानीय तह निर्वाचनको तयारीमा जुट्न आग्रह गर्नुभयो।
जिल्ला उपसभापति पुष्प ढकालज्यूले संगठनलाई अझ मजबुत, दृढ र एकताबद्ध बनाएर अघि बढ्न सके आगामी निर्वाचनको तयारीलाई प्रभावकारी रूपमा अगाडि बढाउन सकिने धारणा व्यक्त गर्नुभयो।
बैठकका अन्त्यमा पालिकाका विभाग प्रमुखहरूलाई नियुक्ति पत्रसमेत प्रदान गरिएको थियो।
जनताका गुनासा सुन्दै, समस्याहरू सम्बन्धित तहसम्म पुर्याउँदै र संगठनलाई थप व्यवस्थित तथा सुदृढ बनाउने उद्देश्यसहित बैठक सम्पन्न भएको छ।



